काठमाडौँ, २ चैत – नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा सम्पादन गर्ने कार्यहरुको प्रस्तावलाई स्वीकृति गर्दै आज आफ्नो कार्यभार सम्हालेका छन् ।शीतल निवासमा मन्त्री पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा पद बहाली गर्दै उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लगिने र नेपालको भूमि कसैको विरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पारे । उनले भने, “नेपाल छिमेकीको कुभलो चिताउँदैन, छिमेकीसित अझ सुदृढ सम्बन्ध राख्छ ।”विसं २०६२÷६३ को ऐतिहासिक गणतान्त्रिक आन्दोलनको महत्वपूर्ण उपलब्धिका रुपमा रहेको शान्ति प्रक्रियाको कार्यभार पूरा गर्न महत्वपूर्ण योगदान दिएका मन्त्री ज्ञवालीले ११ वर्षपछि महत्वपूर्ण मन्त्रालयको कार्यभार सम्हालेका हुन् ।सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले मन्त्रालयले आर्थिक कूटनीतिमा जोड दिएको बताउँदै नवनियुक्त मन्त्री ज्ञवालीको नेतृत्वमा मन्त्रालयले फड्को मार्ने विश्वास गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया