काठमाडौँ, २ चैत – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी लालबाबु पण्डितले पाएका छन् ।यसअघि जनसंख्या तथा वातावरणमन्त्री रहेका पण्डितले आज भएको मन्त्रिमण्डल विस्तारबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।स्थानीय विकास मन्त्रालय र सामान्य प्रशासन मिलेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनेको हो ।जिम्मेवारी पाएसँगै उनले आज मन्त्रालयमा आई कार्यभार सम्हालेका छन् । कार्यभार समाल्दै उनले कर्मचारीलाई मुलुकको सुशासनमा दृढ भएर लाग्न आग्रह गरे ।उनले संघीय व्यवस्थाको जग बसाउने जिम्मेवारी यस मन्त्रालयको रहेको भन्दै सबैले इमान्दारितापूर्वक काम गरी कर्मचारीतन्त्रको व्यावसायिक मूल्यमान्यता अनुरुप काम गर्नुपर्ने बताए ।उनले स्थानीय सरकार जनताको घरदैलोमा पुग्ने गरी मन्त्रालयले समन्वयकारी ढंगले काम गर्नसमेत निर्देशन दिए ।उनले स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि–२०७२ को नमूना स्वीकृत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया