२२ सदस्यीय मन्त्रिमण्डल गठन, को- को बने मन्त्री ? (सूचीसहित)

काठमाडौँ, २ चैत – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज संविधानको धारा ७६ को उपधारा (९) बमोजिम केही नयाँ मन्त्री नियुक्ति र जिम्मेवारी हेरफेर गरी २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन् ।राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाइन् । सोही अवसरमा प्रधानमन्त्रीसमक्ष नवनियुक्त राज्यमन्त्रीले समेत आजै पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीले जानकारी दिए । गत फागुन ३ गते प्रधामन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री ओलीको अध्यक्षतामा रहेको मन्त्रिपरिषद् फागुन १४ गते विस्तार भएको थियो ।मन्त्रिपरिषद्को कार्यविभाजन 

क्र.सं. नाम, थर पद कार्यविभाजन
 1. श्री के.पी.शर्माओली प्रधानमन्त्री सहरी विकास र स्वास्थ्य तथा जनसङ्‌ख्या ।
 2. श्री ईश्वर पोखरेल मन्त्री रक्षा ।
 3. श्री रामबहादुर थापा मन्त्री गृह ।
4. श्री प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्ट्र ।
 5. श्री बर्षमान पुन मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ।
 6. श्री गिरिराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि ।
 7. श्री मातृकाप्रसाद यादव मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति ।
8. श्री रघुबीर महासेठ मन्त्री भौतिक पूर्वाधार तथा यातायात ।
 9. श्री गोकर्ण विष्ट मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा ।
10. श्री शक्तिबहादुर वस्नेत मन्त्री वन तथा वातावरण ।
11. श्री लालबाबु पण्डित मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन ।
12. श्री थममाया थापा मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक ।
13. डा. युवराज खतिवडा मन्त्री अर्थ ।
14. श्री जगतबहादुर सुनार (विश्वकर्मा) मन्त्री युवा तथा खेलकुद ।
15. श्री रविन्द्रप्रसाद अधिकारी मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ।
16. श्री शेरबहादुर तामाङ मन्त्री कानुन,न्याय तथा संसदीय मामिला।
17. श्री चक्रपाणी खनाल मन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी ।
18. श्री बीना मगर मन्त्री खानेपानी ।

  

19. श्री पद्माकुमारी अर्याल राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या ।
20. श्री गोकुलप्रसाद वाँस्कोटा राज्यमन्त्री सञ्‍चार तथा सूचना प्रविधि ।
21. श्री धनबहादुर बुढा राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ।
22. श्री रामकुमारी चौधरी राज्यमन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?