काठमाडौं– संघीय संसद्को प्रतिनिधिसभाको उपसभामुखमा एमाले नेतृ शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छन् ।संसद बैठकमा मत विभाजनका आधारमा शुक्रबार भएको मतदानमा तुम्बाहाम्फे २०१ मतसहित निर्वाचित भएकी हुन् ।तुम्बाहाम्फेले उपसभामुख पदमा वाम गठबन्धनबाट उम्मेदवारी दिएकी थिइन् ।उनका प्रतिस्पर्धी काँग्रेसकी पुष्पा भुसालको पक्षमा ५८ मत परेको थियो ।संघीय समाजवादी फोरम र सरकारलाई समर्थन गरेको राजपालगायतका सांसदले पनि एमाले नेतृ तुम्बाहाम्फेको पक्षमा मतदान गरेका थिए ।तुम्बाहाम्फे ०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया