१८ चैत्र २०७९, शनिवार

एमालेको उम्मेदवार बन्न कडा मापदण्ड

२०७४,आश्विन,११,बुधबार ०१:२६

9
Shares

काठमाडौं, ११ असोज- एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया र त्यससम्बन्धी मापदण्डलाई टुंग्याएको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रिया र मापदण्डसम्बन्धी व्यवस्थालाई अन्तिम रूप प्रदान गरेको हो, अन्नपूर्ण पोस्टमा खबर छ ।बैठकले असोज १६ र १७ मा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीको बहुमतबाट त्यो सम्भव नभएको खण्डमा न्यूनतम एक महिलासहित तीन जनाको नाम प्रत्यक्ष निर्वाचनका लागि जिल्ला कमिटीमा पेस गर्ने जिम्मेवारी सुम्पिएको छ । त्यस्तै, असोज १९ र २० मा जिल्ला कमिटीका बैठक बस्ने ती नामलाई आफ्नो राय सुझावसहित जिल्ला कमिटीमा पठाउनुपर्ने व्यवस्था गरेको छ ।असोज २२ र २३ मा प्रदेश कमिटीको बैठकले जिल्ला कमिटीबाट प्राप्त राय, सुझाव र सिफारिससहित स्थायी समिति बैठकमा प्रस्तुत गर्नुपर्नेछ । प्रत्येक जिल्ला कमिटीबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक महिलासहित तीन जनाको नाम समानुपातिक उम्मेदवारका लागि पनि स्थायी समितिमा पठाउनुपर्ने छ ।एमालेका प्रादेशिक निर्वाचन क्षेत्र समन्वय कमिटी र प्रतिनिधिसभाका क्षेत्रीय निर्वाचन कमिटीहरूले बढीमा तीन जनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्नुपर्नेछ । सकेसम्म क्षेत्रीय कमिटीबाटै सर्वसम्मत रूपमा एक जनाको नाम सिफारिस गर्नुपर्ने बैठकको निर्णय छ । प्राप्त सुझावका आधारमा स्थायी कमिटीले उम्मेदवारको मापदण्ड, छनोट विधि र निर्वाचनको समग्र कार्ययोजना तयार गर्ने जिम्मेवारी बैठकले पार्टी स्थायी कमिटीलाई सुम्पेको हो ।एमालेले पार्टीमा सक्रिय, सार्वजनिक प्रतिष्ठामा आँच नआएको, असल आचरण भएको, पार्टीमा सक्रिय र समाजमा लोकप्रिय छविका साथै निर्वाचनमा विजय सुनिश्चित गर्न सक्नेलाई मात्रै टिकट दिने भएको छ । स्थानीय निर्वाचनमा बागी विद्रोही भएको, पार्टीलाई असहयोग गरेको तथा विवादास्पद भूमिका भएकालाई उम्मेदवार नबनाउने स्पष्ट गरेको छ । त्यस्तै, स्थानीय तहको निर्वाचनमा निर्वाचित प्रतिनिधि उम्मेदवार बन्न नपाउने भएका छन् । यसअघि संविधानसभामा समानुपातिक सदस्यमा रहेकालाई पुनः समानुपातिक उम्मेदवार नबनाउने भएको छ । तर, महिलाको हकमा भने अलि लचिलो व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार ०१:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

पश्चिमी वायुको प्रभावले वर्षा
 २०७९,चैत्र,१८,शनिवार १०:५२
सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८