जागिर छाड्न कर्मचारीलाई चेतावनी

काठमाडौँ, २ चैत- प्रदेश नंबर ३ का सामजिक विकास मन्त्री युवराज दुलालले सरकारको नीति तथा कार्यक्रमलाई सहयोग नगर्ने मानसिकता भएका कर्मचारिहरुलाई जागिर छोडनको लागि चेतावनी दिएका छन् ।मकवानपुर महिला समुहले आज हेटौँडामा गरेको संघियता लैङ्गिक उत्तरदायित्व सेवा प्रवाह विषयक कार्यशाला गोष्टीमा बोल्दै मन्त्री सुवेदीले सरकारलाई असफल पार्ने मानसिकता बोकेकाहरुले अव कुनै स्थान नपाउने चेतावनी दिएका हुन् ।जनप्रतिनिधिहरुले कानुन निर्माण गर्ने, उनीहरु कानुनको निर्मता रहेको भन्दै मन्त्री सुवेदीले न्यायपालिकाले पनि राज्यको नीति, राज्यले लिएको अग्रगमनको पक्षलाई स्विकार गर्दै सहयोग गर्नुपर्ने बताए । राजनीति गर्ने कार्यकर्ताहरुले समृद्धिको लागि आफ्नो आन्दोलन पुरा गर्दै देशलाई गणतन्त्र, संघियता सबै दिईसकेको र त्यो लागुको चरणमा रहेको भन्दै अव कर्मचारीहरुले उक्त लागु भएको कुरालाई संस्थागत गर्न सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाई रहेको थियो ।कार्यक्रममा बोल्दै मन्त्री सुवेदीले समाजमा लैङ्गिक विभेद गर्नेलाई कडा भन्दा कडा सजाय हुनेगरी आफुहरु कानुन निर्माणको चरणमा रहेको भन्दै अव जनप्रतिनिधिहरुले न्याय सम्पादन गर्दा कसैको डर र धम्की सहन नपर्ने उनको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?