काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपरान्ह ४ बजे सपथको तयारी गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ४ बजेको लागि सपथको तयारी थाल्न भनेको शीतल निवास स्रोतले जनाएको छ ।आज एमाले, माओवादी केन्द्र र संघीय समाजवादी पार्टीलाई समेटेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्न लागेको बताइएको छ ।माओवादीबाट आज थपिने मन्त्रीमा गिरीराजमणि पोखरेल, वर्षमान पुन, बिना मगर, शक्ति बस्नेत छन् । जनार्दन शर्मा र बलदेव शर्मामध्ये एक जना मन्त्री हुने माओवादी स्रोतले जानकारी दियो । त्यसको निर्णय भने अध्यक्ष पुष्पकमल दाहालले गर्ने छन् ।त्यस्तै संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ मन्त्री हुने भएका छन् । उनीहरुमध्ये यादव सहरी विकास र श्रेष्ठ स्वास्थ्य मन्त्री बन्ने सम्भावना छ ।यसैगरी एमालेबाट मन्त्री बन्नेमा प्रदीप ज्ञवाली र रघुवीर महासेठको नाम टुंगिए पनि बाँकी पाँच जनाको नाम टुंगो लाग्न बाँकी छ ।आज एमालेका ७, माओवादी केन्द्रका ५ र संघीय समाजवादी फोरमका २ मन्त्रीले सपथ लिने छन् । भाग पुर्याउनकै लागि सरकारले मन्त्रालय फुटाएर २१ सदस्यीय बनाउने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया