काठमाडौँ, २ चैत । माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारमा सहभागी हुने बाँकी मन्त्रीहरुको नाम टुंगो लगाउन जिम्मा दिइएको छ ।प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको बैठकमा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासहितका नेताले पार्टी अध्यक्ष प्रचण्डलाई मन्त्रीको नाम टुंगो लगाउने जिम्मा दिएको हो ।यसअघि प्रचण्डले आज भरतपुर महानगरपालिकाको कार्यक्रममा चितवन जाने कार्यक्रम रद्द गरेर मन्त्रीको सूची टुंग्याउन बैठक बोलाइएका थिए ।बैठकमा प्रचण्डले मधेशवादी दलहरुलाई समेत सरकारमा सहभागी गराउनु पर्ने भएकाले एमालेसँगको पूर्वसहमति अनुसार माओवादीको भागमा परेको मन्त्रालयको संख्या घट्ने कुरा राखेका थिए ।बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता श्रेष्ठले पार्टी अध्यक्षले मन्त्रीहरुको संख्या घटेको कारण मन्त्री छान्न समस्या हुन सक्ने कुरा बैठकमा राखेको जानकारी दिए । ‘हामीले पार्टी अध्यक्ष प्रचण्डलाई नै मन्त्री छान्ने जिम्मा दिएका छौँ,’ श्रेष्ठले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया