कोरोनाको कारण मृत्यु हुनेको संख्या ६१४ पुग्यो, आज कुन जिल्लामा कति थपिए मृतक ?

काठमाडौं । नेपालमा कोरोनाको कारण थप १४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कुल संक्रमितको ० दशमलव ५८ प्रतिशत हो । आज १२ पुरुष र २ महिलाको कोरोनाको कारण मृत्यु भएको हो ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप ५ हजार ८ जनामा कोरोना भाइरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १९ हजार ३२० नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा २ हजार १००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जनासहित काठमाडौं उपत्यकामा मात्रै २ हजार ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

नेपालमा बितेको २४ घण्टामा थप १ हजार २२९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७४ हजार २५२ पुगेको छ । यो कुल संक्रमितको ७०।२ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३० हजार ८१८ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १७ हजार १६४ जना र संस्थागत आईसोलेसनमा १३ हजार ६५४ जना छन् । तिमध्ये ३२१ जना संक्रमितको आईसियु र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ६८६ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत र बाँके गरि ९ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार मनाङ र मुस्ताङ जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

हिजो ९शुक्रवार० नेपालमा २ हजार ५९ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ६८० जना संक्रमणमुक्त भएका थिए भने १० जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?