काठमाडौं । अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था अन्यन्तै कमजोर रहेका कारण जतिसक्दो छिटो सहमति जुटाएर अनसन तोडाउन लागिएको छ । जसका लागि सिंहदरवारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शुक्रबार राति ९ बजेदेखि दुवै पक्षबीच वार्ता भइरहेको छ ।
दुवै पक्षबीच बिहीबार करिब १० घण्टा वार्ता भए पनि निष्कर्षविहीन टुंगिएको थियो । दुवै पक्षले सहमतिका लागि ड्राफ्ट तयार गरेको थिए ।
चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राख्दै डा केसी २६ दिनदेखि अनसनरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया