काठमाडौं, २ चैत । संघीय संसद नयाँ बानेश्वरमा शुक्रबार उपसभामुखको निर्वाचन हुँदैछ । दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा निर्वाचन हुनेछ ।उपसभामुखमा बाम गठबन्धनबाट एमालेकी शिवमाया तुम्बाहाम्फे र प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल उम्मेदवार छन् ।प्रतिनिधिसभामा वाम गठबन्धनको बहुमत भएकाले तुम्बाहाम्फे नै उपसभामुख निर्वाचित हुने पक्का छ । एमाले र माओवादी केन्द्र गरी १७४ सांसद छन् जबकी उपसभामुख निर्वाचित हुन जम्मा १३८ मत भए पुग्छ ।-माओवादी केन्द्रका कृष्णबहादुर महरा सभामुखमा निर्वाचित भएपछि उपसभामुख एमालेको भागमा परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया