भारतमा अस्पताल अगाडि यसरी भयो महिलाको हत्या !

काठमाडौं । भारतको इन्दौरमा महाराज यशवन्तराव अस्पतालको अगाडि एक महिलाको हत्या भएको छ ।

आधा रातमा महिलाको हत्या गरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

सुतिरहेकी महिलाको घाँटीमा डोरीले तानेर हत्या गरिएको दृश्य सीसीटिभी फूटेजमा देखिएको छ ।

त्यसपछि महिलाको कपाल तानेर उनलाई तल फालेको देखिन्छ । साथै घाँटीमा डोरीले तानेको देखिन्छ ।

त्यसपछि हत्याराले उनलाई ढुङ्गाले हानेको भिडियोमा देखिएको छ ।महिला त्यहाँ आसपासमा भिक्षा मागेर आफ्नो जीवनयापन गर्दथिन् ।

प्रहरीका अनुसार मृतक महिला ४५ वर्षकी रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?