‘हिन्दी राष्ट्रिय भाषा हुनै सक्दैन’

दाङ, १ चैत – नेकपा (माले)का महासचिव सिपी मैनालीले मधेसको समस्याबाट वर्तमान प्रधानमन्त्री केपी ओली भाग्न खोजेको आरोप लगाउनुभएको छ ।तुलसीपुरमा आज भएको नेकपा (माले)को राष्ट्रिय परिषद् अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मधेसी दलहरुले उठाएको मागलाई प्राविधिक तवरले समाधान गर्न केपी शर्मा ओलीको सरकार लागेको बताउनुभयो ।उहाँले एक मधेस एक प्रदेश र हिन्दी भाषा राष्ट्रिय भाषा हुनै नसक्ने तर्क गर्नुभयो ।मैनालीले संविधान र कानुनी प्रक्रियाबाट मधेसको समस्या समाधान हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।आजदेखि शुरु भएको अधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?