काठमाडौं, १ चैत्र । वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले प्रधानन्यायाधीशको राजिनामाले एउटा राम्रो निकास दिएको स्पष्ट पारेका छन् । उनले भने,‘उहाँको राजिनामाले न्यायालयलाई दुर्घटना हुनबाट जोगाएको छ, यो राम्रो कुरा हो ।’मैनालीले राजनीतिक भागबण्डाको आधारमान्यायाधीश नियुक्त गर्दा न्यायालयआज यो अवस्थामा गुज्रिनु परेको स्पष्ट पारे । उनले भने,‘न्यायाधीश नियुक्ती ईमानदारिता, योग्यता र क्षमताको आधारमा गरिनुपर्छ ।’त्यस्तै उनले न्यायापालिकाभित्रविकृति, विसंगति र भ्रष्टाचार भएको कुरा न्यायाधीशहरुकै सम्मेलनले स्विकारिसकेकोले यस्तो विकृति, विसंगति र भ्रष्टाचार नियन्त्रण गर्नको लागि संसदभित्र एउटा शक्तिशाली समिति गठन गर्नुपर्ने आवश्यकत्ता औंल्याए ।ट्रान्स्परेन्सी ईन्टरनेश्नलले पनि प्रहरी पछि दोस्रो भ्रष्टाचार हुने निकाय न्यायालयभएको देखाएको र संसदीय सुनुवाई समिति पनि औचित्यहिन भएकोले अब यसलाई रोक्नको लागि समिति गठन गर्न आवश्यक रहेको उनको भनाई थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया