काठमाडौं, १ चैत्र – नेपालबार एशोसिएसनका महासचिव खम्बबहादुर खातीले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजिनामा दिनु स्वागतयोग्यभएको टिप्पणी गरेका छन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै महासचिव खातीले यस्तो धारणा राखेका हुन् । ‘प्रधान्यायाधीशको राजिनामाआएको छ, यो स्वागतयोग्य कुरा हो, उहाँले न्यायालयको सम्मानको लागि र अहिले देखिएको विवादलाई समाधानगर्नको लागि राजिनामादिनु उपर्युक्तहो, बार यसको स्वागत गर्छ’–खातीले भने।साक्षात्कारमा बोल्दै उनले न्यायलयभित्र बाह्या हस्तक्षेप भएको भन्दै यसलाई आफूहरुले नस्विकार्ने स्पष्ट पारे । उनले भने,‘बार उद्देश्यभनेको पेशागतहकहितगर्ने हो, प्रेस स्वतन्त्रताको रक्षागर्ने हो, यसका साथसाथै हामी मुलुकमा भएका बेथिति, विकृति, विसंगतिका विरुद्धमा पनि सशक्तआवाज उठाउँछौं, तर हामीलाई पार्टीको ट्याग लगाईन्छ, बार स्वतन्त्र न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको पक्षमा लड्दै आएको छ, दुई प्यालनबाट चुनाव लडेपनि हाम्रो धर्म भनेको स्वतन्त्र न्यायापालिकाको पक्षमा उभिने हो।’उनले प्रधानन्यायाधीशको जन्ममिति र शैक्षिक प्रमाणपत्रको विवाद देखिनुमा मुख्य दोष संवैधानिक परिषदको भएको आरोप लगाए । खातीले भने,‘यस्तो अवस्थामापनि संवैधानिक परिषदको बैठक नबस्नु आश्चर्यको विषय हो, प्रधानन्यायाधीश योग्य हो वा होईन भन्ने निर्णय गर्ने निकाय नै संवैधानिक परिषदहो, तर उसले किन छुट्याएन? यो आश्चर्यको विषय हो।’त्यस्तै उनले न्याय परिषद सचिवालयले हिजो काटेको पत्रको सम्बन्धमा टिप्पणी गर्दै भने,‘सचिवालयलाई कसले दियो यो सर्वोच्चता? न्याय परिषद सचिवालयलाई कसले दियो बोधार्थ र कार्यरथ भनेर लेख्ने अधिकार ?’ संवैधानिक परिषदको बैठक बस्न नसक्नु आश्चर्यको विषयमात्रै नभएर सिँगो अदालतको शीर झुकेको खातीको भनाई थियो ।सर्वोच्चअदालतका ८ जनान्यायाधीशले बेन्च बहिष्कार गरेकोप्रति कडा टिप्पणी गर्दै उनले भने,‘उहाँहरुलाई बेन्च बहिष्कार गर्ने अधिकार कसले दियो ? यो छुट उहाँहरुलाई कसले दियो ? उहाँहरु अदालतको न्यायाधीश हो कि ट्रेड युनियनका नेता हुन्।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया