काठमाडौं– प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिएका छन् । पराजुलीले बिहीबार दिउँसो शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो राजीनामा बुझाएका हुन् ।पराजुलीको राजीनामा बुझ्दै राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालमा पुर्याएको योगदानप्रति धन्यवाद दिएकी थिइन् ।यसअघि आजै बिहान प्रधानन्यायाधीश पराजुलीले प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।बालुवाटारमा भएको उक्त छलफलमा प्रधानमन्त्री ओली र नेता प्रचण्डले पराजुलीलाई राजीनामा दिएर निकास दिन आग्रह गरेका थिए ।न्यायपरिषदका सचिव नृपध्वज निरौलाले बुधबार पराजुलीलाई पदमुक्त भएको पत्रचार गरेपछि बिहीबारबाट सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपक जोशीले कायम मुकायमको जिम्मेवारी सम्हालेका थिए ।राजीनामा दिएपछि पराजुलीले आफुलाई चारैतिरबाट आक्रमण भएको प्रतिकृया दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया