उपसभामुखका लागि कांग्रेस सांसद भुसालद्वारा उम्मेदवारी दर्ता

काठमाडौं, १ चैत । नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।अर्घाखाँचीकी भुसाल समानुपातिक सांसद हुन् । २०३६ सालमा नेवि संघबाट राजनीति सुरु गरेकी उनी पहिलो संविधानसभामा पनि सांसद थिइन् ।उपसभामुखको उम्मेदवारी दर्ताका लागि आज दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।वाम गठबन्धनको भागवण्डामा एमालेको भागमा परेको छ तर, उसले उम्मेदवार टुंगो लगाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?