काठमाडौं, १ चैत । नेपाली कांग्रेसले उपसभामुखमा उम्मेदवारी दिने भएको छ । कांग्रेसले सांसद पुष्पा भुसाललाई उपसभामुखमा उम्मेदवारी बनाउने तयारी थालेको छ ।अर्घाखाँचीकाी भुसाल समानुपातिक सांसद हुन् । उनले वि.सं. २०३६ सालमा नेवि संघबाट राजनीति यात्रा सुरु गरेकी भुुसाल पहिलो संविधानसभामा पनि सांसद भएकी थिइन् ।उपसभामुखको उम्मेदवारी दर्ताका लागि चैत ३ गते दिउँसो २ बजेसम्मको समय तोकिएको छ । निर्वाचन शुक्रबार चैत ९ गते हुनेछ ।वाम गठबन्धनको भागवण्डामा उपसभामुख एमालेको भागमा परेको छ भने एमालेले उम्मेदवार अझै टुंगो लगाएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया