सातै प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्री ओलासँग सामूहिक भेट गर्दै

काठमाडौं, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज सातै प्रदेशका मुख्यन्त्रीहरुले भेटवार्ता गर्ने भएका छन् ।राष्ट्रपति निर्वाचनमा सहभागि हुन काठमाडौं आएका सातै प्रदेशका मुख्यन्त्रीलहरुले आज प्रधानमन्त्री ओलीसँग सामूहिक भेट गर्न लागेका हुन् ।बिहीबार बिहान ११ः३० बजेपछि हुने सामूहिक भेटमा मुख्यमन्त्रीहरुले प्रदेश सरकार सञ्चालनमा देखिएको समस्या तथा केन्द्रको सहयोगबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।त्यस्तै बुधबार प्रधानमन्त्री ओलीले बालुवाटास्थित निवासमा संघीय र प्रदेशसभाका सांसदहरुसँग सामूहिक भेटवार्ता तथा चियापान कार्यक्रम आयोजना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?