काठमाडौं । नेपाल राष्ट्र बैंकले गुरस्तरीय जारको खानेपानी खरिदको कारबाहीको प्रक्रिया रद्ध गरेको छ ।
राष्ट्र बैंकका लागि आवश्यक जारको गुणस्तरीय खानेपानी विद्युतीय बोलपत्रको माध्यमबाट खरिद गर्ने सम्बन्धमा मिति २०७६/१०/२१ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा बोलपत्र आह्वानको सुचना प्रकाशन गरिएको थियो ।
उक्त सूचनाबाट प्राप्त बोलपत्रहरुको नेपाल राष्ट्र बैंक खरिद विनियमावली, २०७१ (संशोघन सहित) को विनियम ६० र ६१ बमोजिम परिक्षण तथा मूल्याङ्कन गरिएकोमा कुनै पनि बोलपत्रदाताले पेश गरेको बोलपत्र सफल नभएकोले उक्त खरिद कारबाहीको प्रक्रिया सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६ को उपदफा १ बमोजिम रद्द गरिएको राष्ट्र बैंकको सम्पत्ति तथा व्यवस्थापन विभागले जानकारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया