गर्भावस्थाको पाँचौँ महिनामा सुटिङमा छिन् करिना, भन्छिन् – ‘यसपटक धेरै मोटाउँदिन’

काठमाडौं – बलिउड अभिनेत्री करिना कपुर खान पाँच महिनाको गर्भावस्थामा पनि सुटिङमा व्यस्त छिन् ।

करिनाले हालै सामाजिक सञ्जाल ईन्स्टाग्राममा एक तस्वीर सेयर गर्दै लेखेकी छिन्, ‘पाँच महिना र थप बलियो हुँदैछु ।’

भारतीय सञ्चारमाध्यमका अनुसार करिना दिल्लीमा नै छिन् र आफ्नो फिल्म लाल सिंह चड्डाको सुटिङ गरिरहेकी छिन् ।

करिनासँग सैफ र तैमुर पनि दिल्लीमा नै छन् ।

यसका साथै सेटमा करिनाको सुरक्षाको पूरा प्रबन्ध मिलाइएको छ ।

यस्तै पाँच महिनाको उनको गर्भका कारण बेबी बम्प देखिन थालिसकेको कारण करिनाको बेबी बम्प लुकाउनका लागि भिएफएक्सको प्रयोग गरिएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केहि समय अगाडी एक अन्तरवार्तामा करिनाले आफूले दोस्रो गर्भावस्था अझै विशेष तरीकाले हेरचाह गरेको र यसपटक पहिलेका केही गल्ती दोहोराउन नचाहेको बताएकी थिईन् ।

उनले , ‘तैमुरको समयमा जब म गर्भवती थिएँ तब मलाई धेरैले अत्यधिक खाना खान सुझाए त्यसैले मेरो २५ किलो तौल बढेको थियो । म फेरि त्यहि गल्ती दोहोराउन चाहन्नँ । मलाई त स्वस्थ र फिट रहनुछ । पहिलो पटक गर्भवती हुँदा धेरैले मलाई पराठा खान, घ्यू खान, दुध खान सल्लाह दिनुभयो । अब त म यो भन्छु कि ‘हेर यो सबै कुरा मैले गरिसकेँ’ । मलाई थाहा छ मेरो शरीरलाई के कुराको आवश्यकता छ ।’

विश्वमानव जीवनको सबैभन्दा ठूलो स्वास्थ्य चुनौति बनेर उभिएको कोरोना भाइरस ‘कोभिड १९’ का कारण आक्रान्त भएका कारण बलिउडमा पनि निकै ठूलो धक्का लागेको छ । सुटिङ रोकिएका छन् भने प्रदर्शनहरु पनि सारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?