कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो

कर्णाली प्रदेशमा कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ। यससँगै सो प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।
पछिल्लो मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका ८ का ४९ वर्षीय पुरुष रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
असोज १७ गते पेटमा अत्यधिक दुखाइको समस्या भइ दैलेख अस्पतालको आकस्मिक पक्षमा भर्ना भएकोमा उनको आन्द्रामा प्वाल परेकाले सोही दिन सुर्खेत अस्पताल रिफर गरिएको थियो ।

फेरि सोही दिन राति उनलाई सुर्खेतबाट आफन्तले एकाएक नेपालगन्न लगेकोमा कोहलपुर मेडिकल कलेजको कोभिड अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?