भारतमा कोरोना भयावह : ६४ लाख बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १० लाख ३३ हजार २३८ जनाको मृत्यु भएको छ भने ३ करोड ४८ लाख ३१ हजार ३६६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै २ करोड ५८ लाख ९५ हजार ८२४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६६ हजार ३२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ८ सय ७५ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ६४ लाख ७३ हजार ५ सय ४४ पुगेको छ ।

हालसम्म ५४ लाख २७ हजार ७ सय ६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?