काठमाडौं, ३० फागुन । प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली र न्यायाधीशहरुबीच देखिएको विवादबारे प्रधानमन्त्री केपी शर्मा ओली मुख खोलेका छन् ।आज बालुवाटारमा आयोजित चियापान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, सर्वोच्च अदालतमा हेर्नुस् त, प्रधानन्यायाधीश र प्रधानन्यायाधीशको संख्याक्रममा भएकाहरुको अवस्था ।’प्रधानमन्त्री ओलीले थप्दै भने, ‘अब के बोल्नु, के नबोल्नु ? बोलेर के हुन्छ, नबोलेर के हुन्छ ? बेञ्च बसेको छैन । न्याय पाइन्छ कि भनेर गएका मान्छे तमासा र्हेछन् र पुर्पुरोमा हात राख्दै फर्किन्छन् ।’साथै प्रधानन्यायाधीश पराजुरीको जन्ममिति विवादतर्फ अंकित गर्दै प्रधानमन्त्री ओलीले देशमा बीग (राजकीय पदहरु) कहिले जन्मिएका हुन् भन्ने देशलाई थाहा नहुने अवस्था सृजना भएको बताए ।उनले भेरि भने, ‘प्रधानन्यायाधीश कहिले जन्मिएको देशले थाहा नपाउने । यो कुनै मल्ल युद्धको विषय हो ? कुस्ती खेल्ने विषय हो ? ‘जे साँचो हो त्यसको प्रमाण दिइन्छ र प्रमाणपत्र हुन्छ । एउटा प्रमाणपत्र, अर्को प्रमाणपत्र के गरेको यो ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया