कांग्रेस प्रधानन्यायाधीशको पक्षमा, प्रधानन्यायाधीश पराजुलीलाई महाअभियोग लगाउन पाइँदैन

काठमाडौं, ३० फागुन । प्रधानन्यायाधीश गोपाल पराजुलीको पक्षमा नेपाली कांग्रेस उभिएको छ ।सत्तारुढ दलहरुभित्र प्रधानन्यायाधी पराजुलीविरुद्ध महाअभियो लगाउने चर्चा चलिरहँदा नेपाली कांग्रेस भने प्रधानन्यायाधीश पराजुलीको पक्षमा उभिएको छ ।पराजुलीलाई लिएर सर्वोच्चको न्यायाधीशहरु नै विभाजित भइरहेका बेला सत्तारुढ दलहरुभित्र प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने चर्चा चल्न थालेको छ ।तर, कांग्रेसले त्यसो नगर्न चेतावनी दिएको छ । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन नपाइने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?