काठमाडौं, २९ फागुन– कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि भएको आक्रामणबारे अहिलेसम्म केहि खुल्न सकेको छैन । घटना घटेको २४ घण्टा बितिसक्दा पनि अहिलेसम्म घटनामा कसको संलग्नता भएको हो भन्नेबारे प्रहरी मौन रहेको हो ।सोमबार राती उनीमाथि घरनजिकै खुकुरी र गोली प्रहार भएको थियो भने गम्भीर अवस्थामा उनको नेपालगन्जमा उपचार भइरहेको छ ।यसैबीच यही विषयमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले मंगलबार साँझ एक विज्ञप्ति जारी गरेको छ ।नेकपा कैलालीले जारी गरेको विज्ञप्तिमा मध्यरातमा अपहरण शैलीमा गिरफ्तार गरेको र अन्य नेता तथा कार्यकर्ताको घरमा समेत सादा पोशाकको प्रहरी पठाएर घर छाड्न बाध्य बनाएको भन्दै आपत्ति जनाएको छ ।राष्ट्रियरुपमै बद्नाम कैलालीको बोक्सी काण्डलाई ओझेलमा पार्न आफ्ना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै बिना शर्त रिहाई गर्नसमेत माग गरेको छ ।घोडाघडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको सम्बन्धमा यसअघि ‘जनकारवाही गर्ने’ पार्टीको विज्ञप्तिलाई नै आधार मानी नेकपाका कार्यकर्तालाई पक्राउ गर्नु राजनैतिक पूर्वाग्रह मात्रै भएको विज्ञप्तिमा उल्लेख छ । साथै पक्राउ परेकाहरुलाई तत्काल रिहाई नगरे कडा संघर्ष गर्ने पनि चेतावानी दिएको छ । यसअघि विप्लवको पार्टीले मेयरलाई जनकारबाही गर्ने व्यहोराको विज्ञप्ति निकालेको थियो । यद्यपी सो पार्टीले नै घटना घटाएको हो या अरु कसैले भन्नबारे प्रहरीले केहि बोलेको छैन ।र, विप्लवको पार्टीले पनि घटनको कुनै जिम्मेवारी लिएको छैन ।तर, प्रहरीले घटनालगत्तै नेकपाका कैलाली जिल्ला नेताहरु कमल क्षेत्री, भरत शाह र हृदय बोगटीलाई पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया