नेपाली शान्ति सैनिकलाई सम्मानस्वरुप कदरपत्र

नेपाली शान्ति सैनिकले प्रदर्शन गरेको साहस उत्कृष्ट रहेको भन्दै सेन्टर अफ्रिकन रिपब्लिकमा परिचालित शान्ति सेनाका फोर्स कमाण्डर लेफ्टीनेन्ट जनरल डानिइल सिद्धिकी ट्राओरेले प्रशंसा गरेका छन् ।

प्रमुख सेनानी समुन्द्र थापाको नेतृत्वमा बटुकदल गणले गत फागुन, जेठ र भदौमा हतियार धारी समूह विरुद्ध सञ्चालन गरेको कारवाहीको सन्दर्भ उल्लेख गर्दै फोर्स कमाण्डर ट्राओरेले जनधनको क्षति रोक्न र सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति गर्न नेपाली शान्ति सैनिकले निर्वाह गरेको भूमिका सह्रानीय रहेको बताए ।
उक्त मिशनमा तैनाथ नेपाली शान्ति सैनिकले अत्यन्त संवेदनशील क्षेत्रमा तैनाथ भई जटिल एवं चूनौतिपूर्ण परिस्थितिमा पु¥याएको समष्टिगत अतुलनीय योगदानको कदर गर्दै फोर्स कमाण्डरले सम्मानस्वरुप कदरपत्र प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
उक्त गणले सञ्चालन गरेको कारवाहीमा मुख्य नेतासहित ९ विद्रोहीलाई हातहतियारसहित पक्राउ गरेको थियो । विद्रोहीलाई पक्राउ गरेपछि उक्त क्षेत्रमा जातीय हिँसा नियन्त्रणमा आएपछि उक्त उपलब्धीको स्थानीय, सरकारी निकाय र मिसन मुख्यालयले प्रशंसा गरेको थियो ।
कदरपत्रमा भनिएको छ, “जीउज्यानको पर्वाह नगरी नेपाली शान्ति सैनिकले देखाएको त्याग र समर्पणले पेशागत दक्षता प्रर्दशीत गर्छ । यसबाट द्वन्द्वग्रस्त मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न मद्दत पुग्ने छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?