काठमाडौं, फागुन २९ – कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युएस बंगला विमान दुर्घटनाका परी घाईत भएकाहरुलाई अस्पताल पुगेर भेट गरेका छन् ।मंगलबार देउवाले सिनामंगल स्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर घाईतहरुसाग भेट गर्नुभएको हो । उहाँले घाईतहरुको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुसाई नगर्न आफुले सरकारसँग माग गरिसकेको बताउनु भएको थियो ।देउवाले दुर्घटनामा परेका घाईतहरुको निशुल्क उपचारका साथै आवस्यक क्षतिपुर्ति दिलाउन सरकासँग पहल गर्ने पनि बताउनु भयो । ‘सर्वप्रथम म तपाईहरुको सिघ्र स्वासथ्य लाभको कामना गर्दछु’ देउवाले घाईतेहरुसँगको भेटमा भन्नुभयो, ‘उपचारमा कुनै कमि आउन नदिन र आवस्यक क्षतिपुर्तिको लागि सरकारसँग आजै पहल गर्छु ।’देउवाले दुर्घटना भए लगत्तै एक विज्ञप्ति जारी गर्दै घाईतेहरुको तत्काल उपचारको प्रवन्ध गर्न, उद्दार कार्यमा तदरुकता उपनाउन र विभान दुर्घटनाको तत्काल छानविन समिति गठन गर्न आग्रह गर्नु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया