बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

बाँके । बाँकेमा आज थप दुई जना कोरोना संक्रमित मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–७ रानी तलाउका ३९ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–१० का ५३ वर्षीय पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाडले जानकारी दिए । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?