रुसले बनाएको विश्वकै पहिलो कोरोनाविरुद्धको खोप नेपाल ल्याउने, कति ल्याईंदैछ ?

काठमाडौं । रुससँग नेपालले २ करोड ५० लाख कोभिड १९ विरुद्धको खोपको डोज आपूर्ति गर्ने सम्झौता गरेको छ । उक्त व्यापारिक सम्झौता अनुसार २ करोड ५० लाख डोज खोप नेपाल ल्याइने भएको हो ।

रुसको स्पुतनिक–भी भ्याक्सीन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेण्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा खोप आपूर्ति गर्ने सम्झौता भएको हो ।

रुसी सरकारको प्रत्यक्ष लगानीमा विकास भएको यो खोपलाई रुसले विश्व स्वास्थ्य संगठनमा पहिलो पटक दर्ता गरेको हो । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले उक्त खोप आफ्नी छोरीले समेत लगाएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?