चीनद्वारा नेपाली भूमी अतिक्रमण विरुद्ध नेपाल रिपब्लिकन पार्टीले गर्‍यो विरोध प्रदर्शन

काठमाडौं । नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ। नेपाल रिपब्लिकन पार्टीले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमणको विरोधमा प्रदर्शन गरेको हो।

उक्त पार्टीको अगुवाइमा पुगेको समूहले ‘गो ब्याक चाइना’ भन्दै नारावाजी लगाएका छन् । त्यस्तै सहभागीहरूले चिनियाँ हस्तक्षेपको खेदो खन्दै नेपालमा चीनको दादागिरी चल्दै भन्दै चीनविरूद्द आक्रोश समेत पोखेका छन्।

सहभागीहरूले नेपालको भूमि फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दाबाद, हुम्लाको नेपाल(तिब्बत सीमाबाट कम्युनिष्ट चीन फिर्ता जा भन्दै चीनविरूद्द नारा लगाएका हुन्।

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हो।नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छन्। नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार भवन बनाउने कार्य तिब्र गतिमा भइरहेको छ।

उनले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिए। ‘चिनियाँ पक्षको जिम्मेवार अधिकारीसँग आफूले बुझ्न खोजेपनि त्यो प्रयास सफल सकेन।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?