ड्रग्स तस्करीमा रिया र शोविक सहभागी भएको एनसीबीको खुलासा, १० वर्ष जेल सजाय हुन सक्ने !

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणसँग जोडिएको ठड्रग्स केसमा पक्राउ परेकी रिया चक्रवर्ती र उनका भाई शोविक चक्रवर्तीले दर्ता गरेको जमानत याचिकाको बम्बे उच्च न्यायालयमा बिरोध गरेको छ ।

एनसीबीले उनीहरु दुबै जना ड्रग्स सिन्डीकेटका सक्रिय सदस्य रहेको बताएको छ ।

भाई शौविक के साथ रिया चक्रवर्ती (फाइल फोटो)

एनसीबीले अदालतमा भन्यो, रिया र शोविक दुबै जना ड्रग्स केसमा सक्रिय छन्, साथै उनीहरुले ड्रग्स सप्लाई पनि गरेका छन् ।

उनीहरु यसमा दोषी ठहरिए १० वर्षको जेल सजाय रहने प्रावधान रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?