नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ? पछिल्लो २४ घण्टाको ताजा विवरणसहित

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट आज थप १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंका एक महिला सहित ३ र बाँकेमा एक महिला सहित ३ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५७ वर्षिया महिला, ६० र ७० वर्षिय पुरुष रहेका छन । भने बाँकेमा ७६ वर्षिया बृद्धा, ५३ र ३९ वर्षिय पुरुष रहेका छन । यस्तै मोरङमा ६८ वर्षिय पुरुष, सर्लाहीमा ७२ वर्षिया महिला, महोत्तरीमा ५८ वर्षिय पुरुष र चितवनमा ५५ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १५ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ८ सय ९१ पीसीआर परीक्षण भएकोमा ५ सय ५६ महिला र ९ सय ९७ जना पुरुषमा संक्रमण देखिएको छ । उपत्यकामा आज ९ सय ३४ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ४ सय ४७, भक्तपुरमा ७३ र ललितपुरमा १ सय १४ जनामा संक्रमण देखिएको छ । देशभरी सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ जना रहेका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार संस्थागत आइसोलेसनमा आज प्रदेश नम्बर १ मा ३ सय ५७, प्रदेश नम्बर २ मा ६ सय ९८, बागमती प्रदेशमा ६ हजार ५ सय ३२ र गण्डकी प्रदेशमा ४ सय ४६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ सय १४, कर्णाली प्रदेशमा ३ सय ५३ र सुदूरपश्चिम प्रदेशमा ८ सय ८९ गरी देशभरी ९ हजार ६ सय ८९ जना रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ७१, प्रदेश नम्बर २ मा ६ सय २२, बागमती प्रदेशमा ६ हजार ४ सय ४७ र गण्डकी प्रदेशमा ४ सय ८९ जना संक्रमित रहेका छन । यस्तै प्रदोश नम्बर ५ मा १ हजार ३ सय ९०, कर्णाली प्रदेशमा २ सय ४२ र सुदूरपश्चिम प्रदेशमा १ सय ४६ गरी देशभरी १० हजार ७ सय ७ जना संक्रमण होम आइसोलेसनमा रहेका छन ।

आज ७ सय ३१ जना डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार ७०, प्रदेश नम्बर २ मा १३ हजार ५ सय ६३, बागमती प्रदेशमा १५ हजार ३ सय ११ र कर्णाली प्रदेशमा ३ हजार २ सय ९३ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ५ सय ७१ कर्णाली प्रदेशमा २ हजार ८ सय ६५ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सुय ८९ जना गरी ५५ हजर ३ सय ७१ जना डिस्चार्ज भएका छन ।

त्यस्तै नेपालका विभिन्न ७ जिल्लामा ५ सय भन्दा बढि सक्रिय संक्रमित रहेका छन् । काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मोरङ, सिरहा र रुपन्देही रहेका छन् । भने हालसम्म हालसम्म ५ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । जसमा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु रहेका छन् ।

 

कुन जिल्लामा कति थपिए संक्रमित ? 


कुन जिल्लाका कतिको भयो मृत्यु ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?