नेपालले कालापानीमा ब्यारेक बनाएको भन्दै भारतीय सञ्चारमाध्यममा हंगामा !

काठमाडौं । नेपाल भारत सीमावर्ती क्षेत्र कालापानीम नेपालले ब्यारेक बनाईरहेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् ।

त्यहाँ नेपालले स्थायी क्वार्टर र ब्यारेक बनाएको भन्दै भारतीय सञ्चारमाध्यममा तहल्का मच्चिएको हो ।

नेपालले कालापानी, लिम्पीयाधुरा र लिपुलेकमा आफ्नो दाबी गरेको भन्दै भारत सरकार नेपालसँग रुष्ट रहेको छ ।

Nepal-India Ties

भारतीय सञ्चारमाध्यमका अनुसार ब्यारेक कालापानीबाट १३ किलोमिटर टाढा चंगरुमा बनाइएको हो ।

नेपालले यो वर्षको शुरुवातमा कालापानी, लिपुलेक र लिम्पयाधुरासहितको नक्शा जारी गरेपछि भारतले त्यसमा असहमती जनाउँदै आईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?