चुनावको मुखमा ट्रम्पलाई धक्का, आयकर नतिरिनेको आरोप

चुनावी प्रचार चलिरहेका बेला रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि विवादमा तानिएका छन् । पछिल्ला १५ वर्षमध्ये १० वर्षसम्म उनले कुनै आयकर नतिरेको खुलासा भएको समाचारमा जनाइएको छ ।

ट्रम्पले २०१६ र २०१७ मा केवल ७ सय ५० अमेरिकी डलर भुक्तान गरे । २०१६ मा उनी राष्ट्रपतिको दौडमा थिए । राष्ट्रपति ट्रम्पको कुल सम्पत्ति २ दशमलव १ अर्ब डलर छ । कोरोना महामारीले उनको सम्पत्तिमा एक अर्ब डलरले कमी आएको छ । ट्रम्पले आयकरलाई गोप्य राख्दै आएका छन् । न्युर्योक टाइम्समा प्रकाशित समाचारको पनि ट्रम्पले खण्डन गरेका छन् । उनले कर भुक्तान गरिरहेको दाबी गरे, यद्यपी कुनै विवरण दिएनन् ।

ट्रम्प संगठनका वकिल एलन गार्टनले पनि न्युर्योक टाइम्समा प्रकाशित समाचारमा सही तथ्य नरहेको बताएका छन् ।
यता, न्युर्योक टाइम्सले दुई दशकभन्दा बढी समयको आयकर रिटर्न तथ्य हात पारेपछि यो समाचार बाहिर ल्याइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?