काठमाडौं । नौसेना परिचालन गरेर तनाव सिर्जना नगर्न भन्दै उत्तर कोरियाले दक्षिणकोरियालार्इै चेतावनी दिएको छ ।
केही दिन अगाडि मात्र दक्षिणका दुई जना अधिकारीको हत्या भएको क्षेत्रमा उनको शव खोजी कार्य भईरहेका बेला त्यस क्षेत्रमा नौसेनाको गतिविधि नबढाउन उत्तर कोरियाले चेतावनी दिएको हो।
आइतवार उत्तर कोरियाले नौसेनाको गतिविधिका कारण त्यस क्षेत्रमा तनाव बढ्ने भन्दे त्यसो नगर्न बताएको हो ।
उत्तर कोरियाली तानशाह किम जोङ उनले शुक्रवार दक्षिणका अधिकारीहरुको गोली हानेर मारिएको भन्दै माफी समेत मागेका थिए।
त्यसपछि दक्षिण कोरियाले त्यसबारे विशेष अनुसन्धान अगाडि बढाउन दबाब दिँदै आइरहेको छ । उक्त अनुसन्धान दुबै पक्षको संलग्नतामा संयुक्त रूपमा हुनसक्ने दक्षिणले बताएको छ।
दक्षिण कोरियाली सेनाले उत्तरी सेनाले उक्त अधिकारीलाई मारेपछि जलाएको आरोप लाउँदै आएको छ। दक्षिण कोरियाका अनुसार सामुद्रिक सीमा नजिकै पहिले उनको शरीरमा तेल खन्याएर जलाइएको थियो।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया