काठमाडौं, २८ फागुन । नेकपा एमालेले गणेश तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।सोमबार बसेको एमाले शीर्ष नेताहरुको बैठकले तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।तिमल्सिना पोलिटब्यूरो सदस्य एवं ४ नं. प्रदेशका सहसंयोजक हुन् ।त्यस्तै राष्ट्रियसभा अध्यक्षका अर्का प्रतिस्पर्धि परशुमेघी गुरुङलाई राष्ट्रिसभा दलको नेता बनाउने निर्णय भएको कार्यालय सचिव एवं सांसद कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया