काठमाडौं, २८ फागुन । राष्ट्रियसभा अध्यक्षको लागि सोमबार मनोनयन दर्ता हुने भएको छ । सोमबार मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको लागि समय तोकिएको छ ।राष्ट्रियसभा अध्यक्षको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको नामावली दिउँसो १ः३० बजे सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । भने, अध्यक्ष पदको निर्वाचन भने बुधबार हुनेछ ।एमाले र माओवादीबीच राष्ट्रियसभा अध्यक्ष एमालेले पाउने सहमति भइसकेको छ । सभामुख पद लिएको माओवादीले राष्ट्रियसभा अध्यक्षमा भने एमालेलाई सघाउने छ । सभामुखमा माओवादीका कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसकेका छन् ।त्यस्तै, सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाछ मनोनित भएका डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेलले भने राष्ट्रियसभा अध्यक्षका लागि भोट हाल्न् नपाउने भएका छन् । उनीहरुको शपथअघि नै मतदाताहरुको अन्तिम नामावली सार्वजनिक भइसकेकाले हेरफेर गर्न नमिल्ने आयोगले जनाएको छ ।अदालती विवादका कारण खतिवडा, बिडारी र पौडेलले बिहीबारमात्रै शपथ लिएका थिए । जबकी मतदाता नामावली बुधबार नै प्रकाशित भइसकेको थियो ।मतदाता नामावली सम्बन्धी ऐनमा अन्तिम मतदाता नामावलीमा अब कुनै प्रकारबाट हेरफेर, थपघट गर्न वा सच्याउन नसकिने उल्लेख छ । फागुन २२ गते नै निर्वाचक मण्डलका सदस्यहरुको अन्तिम नामावली प्रकाशित भइसकेकाले अब मतदाता थप्न नसकिने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।यसैगरी राष्ट्रियसभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम र राजपाबाट २–२ जना सांसद रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया