ललितपुर । ललितपुरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनमा शुक्रवार कोरोना संक्रमण पुष्टि भएको छ । उनमा कोरोना संक्रमण पुष्टि भएसँगै बकुन्डोलस्थित आफ्नै घरमा आइसोलेसनमा बसेका छन् ।
स्वास्थ्यमा केही समस्या देखिएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।
यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । मेयर शाक्यको दोस्रो रिपोर्ट नेगेटिभ आइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया