कोरोना कहर : भारतमा बुधवार ८९ हजार भन्दा धेरै संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले सारा विश्वमा अहिलेसम्म ९ लाख ८१ हजार ९२१ जनाको मृत्यु भएको छ भने ३ करोड २० लाख ९० हजार १४२ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ३६ लाख ७४ हजार ४३ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६२ हजार ३७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण भारतमा ९१ हजार १७३ जनाको मृत्यु भएको छ भने ५७ लाख ३० हजार १८४ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ४६ लाख ७१ हजार ८५० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९ लाख ६७ लाख १६१ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा बुधवार मात्रै ८९ हजार ६८८ जना संक्रमित थपिएका छन् भने १ हजार १५२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?