काठमाडौँ, २७ फागुन- नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा मार्फत जनताका समस्या समाधान गर्न प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । सभामुख महराले देशको आर्थिक समृद्धि, सुशासन र अमनचयन कायम गर्न प्रतिनिधिसभा सफल हुने विश्वास पनि व्यक्त गर्नु भयो । सभामुख भएपछि पहिलो पटक बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सभामुखमा निर्वाचित गरेकोमा सबै राजनीतिक दलहरुलाई धन्यवाद पनि व्यक्त गर्नु भयो । सभामुख महराले प्रतिनिधिसभालाई जनताको सर्वोच्च थलो बनाउन सक्दो प्रयास गर्ने पनि बताउनु भयो । बैठकमा सभामुख महराले विभिन्न राजनीतिक आन्दोलनका क्रममा सहिद भएका, वेपत्ता भएका तथा घाईते , अपांग भएकाहरुको पनि स्मरण गर्नु भएको थियो । बैठकमा विभिन्न राजनीतिक दलका नेताहरुले सभामुख महराले सभामुखको रुपमा निष्पक्ष भूमिका निर्वाह गर्ने अपेक्षा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया