लण्डनमा बन्ने भयो ४ मिलियन पाउण्डमा विशाल हिन्दू मन्दिर

काठमाडौं । ओडिया सोसाइटी अफ यूके लण्डनमा भगवान जगन्नाथको एक विशाल मन्दिर बन्ने भएको छ । मन्दिरको नाममा ट्रस्ट बनाएर सारा विश्वबासीलाई जोडिरहेको छ ।

मन्दिरको लागत करिव ४ मिलियन पाउण्ड रहेको छ । जो दानको माध्यमबाट जुटाइनेछ । अहिले ग्रेटर लण्डनमा जमीन खोजिरहिएको छ ।

बेलायतका मानिसहरु यसको खर्च उठाईरहेका छन् । यो मन्दिर १० देखि १२ एकडको क्षेत्रफलमा बन्ने भएको छ । यो मिन्दर सन् २०२४ सम्म पूरा हुने बताइएको छ ।

बेलायतमा अहिले २०० भन्दा धेरै मन्दिरहरु रहेका छन् । हिन्दू मन्दिरको संख्या बेलायतमा २१० रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?