काठमाडौँ , २६ फागुन- स्वास्थ्यमा समस्या देखिएपछि टीकापुर घटना गराएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त रेशमलाल चौधरीलाई आज काठमाडौँ पठाइएको छ ।कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले चौधरीलाई आज अपराह्न हवाईजहाजबाट केन्द्रीय कारागार काठमाडौँ पठाइएको जानकारी दिए ।चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीले गरेको सिफारिसबमोजिम काठमाडौँ पठाइएको हो ।गएको छ दिनदेखि कैलाली कारागारमा रेशमसहित टीकापुर घटनाका २४ जना अभियुक्त अनशनमा बसेका छन् ।चौधरी कैलाली निर्वाचन क्षेत्र नं १मा राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । रेशमलालको स्वास्थ्यमा खनिज तत्वको कमी देखिएको पाइएपछि उनलाई काठमाडौँको वीर अस्पताल वा शिक्षण अस्पताल लैजान सिफारिस गरिएको सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा सजन केशीले बताए ।आवश्यक ल्याब परीक्षण गर्ने सुविधा अञ्चल अस्पतालमा नभएकाले चौधरीलाई ‘रिफर’ गरिएको डा केसीले बताए ।आज अचानक बिरामी भएर बेहोस भएका चौधरीलाई सेती अञ्चल अस्पताल धनगढी पु¥याइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया