उत्तर कोरियामा मास्क लगाउन अनिवार्य

काठमाडौं । उत्तर कोरियामा मास्क लगाउन अनिवार्य गरिएको छ । तर सो देशमा मास्कको निकै अभाव छ । अभाव पूर्तिकै लागि उत्तरले चीनबाट आयात गरेको ठूलो परिमाणको मास्क फिर्ता पठाइदिएको समाचारमा जनाइएको छ ।

यो मास्क दक्षिण कोरियामा बनाइएको हुनसक्ने आशंकामा उत्तरका अधिकारीहरुले फिर्ता गरिदिएका हुन् । स्मरण रहोस्, दक्षिण कोरियामा निर्मित सामाग्रीको आयात उत्तरमा अवैध मानिन्छ ।

यसैबीच उत्तरले मास्क फिर्ता पठाइदिएपछि चिनियाँ व्यापारीहरु तनावका साथै आश्चर्यमा परेको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?