फ्रान्समा ४ लाख ४२ हजारमा कोरोना पुष्टि हुँदा ९१ हजार मात्रै डिस्चार्ज !

काठमाडौं । फ्रान्समा पछिल्लो २४ घण्टामा थप १३ हजार ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४ लाख ४२ हजार १ सय ९४ जना पुगेको छ । हालसम्म फ्रान्समा ३१ हजार २ सय ७४ जनाको कोरोनाको कारण ज्यान गएको र हालसम्म ९१ हजार ५ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोनाको कारण ज्यान गएको र संक्रमितमध्ये ८ सय २७ जनाको अवस्था गम्भीर रहेको छ । फान्समा कोरोना संक्रमण पुष्टि हुनेको तुलनामा डिस्चार्ज हुनेको दर कम हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ५८ हजार ८ सय ५२ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड ८ लाख ६९ हजार १ सय ९९ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड २४ लाख ६९ हजार ७ सय ५२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ४ सय ८० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?