काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ५८ हजार ७ सय ८९ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड ८ लाख ६३ हजार ८ सय २ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड २४ लाख ६६ हजार १ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ४ सय ८२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा २ लाख ३ हजार ४ सय ३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २० हजार ९ सय ४७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६९ लाख ४६ हजार ८ सय ८ पुगेको छ । हालसम्म ४२ लाख १ हजार २ सय ११ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार १ सय ९४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय १२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ हजार २ सय ५ पुगेको छ । बितेको २४ घण्टामा ६१ हजार ८ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५३ लाख ६७ हजार ३ सय ६१ पुगेको छ । हालसम्म ४२ लाख ६५ हजार ७ सय ६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ५ सय ८० जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ५ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४५ लाख ३ हजार २ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ३६ हजार ३५ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३७ लाख ९ हजार १ सय ३९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ७८ जनाको ज्यान गएको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १९ हजार ३ सय ३९ पुगेको छ । बितेको २४ घण्टामा ६ हजार ६५ जनामा कोरोना पुष्टि भएको र १ सय ४४ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख ९७ हजार २ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ९ लाख ६ हजार ४ सय ६२ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
पेरुमा हालसम्म पेरुमा ३१ हजार २ सय ८३ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ७ लाख ५६ हजार ४ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ६ लाख ७ सय ९५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ४९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया