अब अमेरिकामा बिना लक्षणकाले पनि कोरोना परीक्षण गराउनु पर्ने

काठमाडौं । सारा विश्व अहिले कोरोना भाइरस महामारीसँग लडिरहेको छ ।

कोरोनाबाट सबैभन्दा प्रभावित बनेको देश अमेरिकामा ट्रम्प प्रशासनले कोरोना परीक्षणलाई लिएर दिशानिर्देश परिवर्तन गरेको छ ।

अब कोरोना पोजेटिभको सम्पर्कमा आएकालाई अनिवार्य रुपमा कोरोना परीक्षण गर्नुपर्ने भएको छ । सम्पर्कमा आएकाहरुलाई कुनै लक्षण नदेखिएकाहरुले पनि तत्काल परीक्षण गर्नैपर्ने भएको हो ।

अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख ३ हजार १७१ जनाको मृत्यु भएका छन् भने ६९ लाख २५ हजार ९४१ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै अमेरिकामा ४१ लाख ९१ हजार ८९४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २५ लाख ३० हजार ८७६ जना उपचाररत छन् । त्यस्तै १४ हजार १७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?