वुहानबासीले लगाए चीनमाथि मुद्धा खारेज गरेको आरोप !

काठमाडौं । चीनको वुहान शहरस्थित एक परिवारले चीनमाथि मुद्धा खारेज गरेको आरोप लगाएको छ ।

आफ्नो छोरालाई मारिएको भन्दै आमाबुवाले मुद्धा हालेपनि त्यसलाई चीन सरकारले खारेज गरेको बताइएको छ ।

वुहानका झोंग ह्यानेंगका छोरा कोरोना भाइरसका कारण मृत्यु भयो । तर उनको परिवारले चीन सरकारलाई त्यसको दोषी मान्दै मुद्धा हालेको थियो । तर उक्त मुद्धा अचानक खारेज भएको उनीहरुको आरोप छ ।

परिवारले स्थानीय सरकारमाथि उनीहरुले कोरोना भाइरसको प्रकोपलाई लुकाएको समेत आरोप रहेको छ । गएको वर्ष कोरोनाबारे सचेतना फैलाउन नसक्दा धेरैको मृत्यु भएको उनीहरुको भनाई छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?