रेशम चौधरीको जीवन रक्षाको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र , होलान् त रिहा ?

गगन अयडी धनगढी, फागुन २५–कैलाली कारागारमा आमरण अनसन सुरु गरेका रेशमलाल चौधरीको जीवन रक्षाको माग गर्दै मुख्यमन्त्री तथा प्रदेश प्रमुखलाई थरुहट संघर्ष समितिले आज ज्ञापनपत्र बुझाएको छ । जिल्ला कारागार कैलालीभित्र ६ दिनदेखि आमरण अनसनमा बसेका कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीसहितका बन्दीहरुको स्वास्थ्यमा समस्या देखिएको भन्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् । चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि कारागार प्रशासनले आज दिउ“सो सेती अञ्चल अस्पतालमा पु¥याइएपनि उनले उपचार गर्न मानेनन् । ६ दिनदेखि आमरण अनसन बसेका सांसद रेशम चौधरीलगायतका बन्दीहरुको स्वास्थ्यमा समस्या देखिएपछि थरुहट संघर्ष समितिले प्रदेश सातका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । बन्दीहरुले कारागार भित्रै स्वास्थ्य चेकजा“चको व्यवस्था गर्नुपर्ने भन्दै अस्पतालमा चेक गराउन नमानेपछि थरुहट संघर्ष समितिले पनि ज्ञापनपत्र बुझाउदै कारागारमै चेकचाजको व्यवस्था गर्नुपर्ने र सांसद चौधरीको सपथको व्यवस्था गर्नुका साथै बन्दीहरुलाई रिहाई गर्नुपर्ने माग गरेको छ । ज्ञापनपत्र बुझाए पश्चात बोल्दै प्रदेश सांसद मालामती रानाले माग सम्बोधनका लागि पहल गरिदिन मुख्यमन्त्रीलाई आग्रह गरिन् । चौधरीसंगै पुर्पक्षका लागि जिल्ला कारागारमा रहेका टीकापुर घटनाका २४ अभियुक्त पनि अनसनमा बसेका छन् । थारुहट संघर्ष समितिका प्रवक्ता माधव चौधरीले थरुहरुको मागसहित अनसनरतहरुको जीवन रक्षाका लागि सरकारले वातावरण सिर्जना गर्नुपर्ने थरुहट थारुवान संर्घष समिति कैलालीका प्रवक्ता माधब चौधरीले बताए । थरुहट थारुवान संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यस बिषयमा केन्द्र सरकारसंग आग्रह गर्ने बताए । उनले थारु अगुवाहरुलाई सामाजिक सद्भावका लागि सचेत रहनसमेत आग्रह गरे । थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ८ जना सुरक्षाकर्मी र एक बालक मारिएका थिए । उक्त घटनामा संलग्न भएको अभियोगमा रेशम चौधरीसहित ५६ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरी मुद्दा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?