काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक पूर्व मोडेलले यौना शोषणको आरोप लगाएकी छन् ।
मोडल एमी डोरिसले २३ वर्ष पहिला ओपन टेनिस च्याम्पियनशिपको बेला ट्रम्पले आफ्नो साथमा जबरदस्ती गरेको बताएकी हुन् । तर ट्रम्पले भने यी सबै आरोपको खण्डन गरेका छन् ।
उनका वकीलले आउँदो ३ नोभेम्बरमा हुँदै गरेको अमेरिकी राष्ट्रपति चुनावमा उनको छबि बिगार्नको लागि यी सबै आरोप लगाएको बताएका छन् ।
डोरिसले भने त्यस बेला उनका पुरुष साथी जेसन बिनले ट्रम्पसँग उनलाई भेटाएका थिए । ट्रम्पले म्इाचको बेला भीआईपी बक्समा जोडसँग समातेको र किस गरेको उनले आरोप लगाएकी छन् ।
हटाउन खोज्दा झनै कस्सेर समातेको उनले बताएकी छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया